Follow us:


Follow us

२५ भदौ २०८३, बिहिवार
२५ भदौ २०८३, बिहिवार


राष्ट्रपति भण्डारीद्वारा भारतकी नयाँ राष्ट्रपतिलाई बधाई

एक्सन खबर
साउन, ६, २०७९


राष्ट्रपति भण्डारीद्वारा भारतकी नयाँ राष्ट्रपतिलाई बधाई

काठमाडौं, ६ साउन । राष्ट्रपति विद्यादेवी भण्डारीले भारतको १५औं राष्ट्रपतिमा निर्वाचित भएकी द्रौपदी मुर्मूलाई बधाई तथा शुभकामना दिएकी छन् । राष्ट्रपति भण्डारीले सामाजिक सञ्जाल ट्वीटर मार्फत उनलाई बधाई तथा शुभकामना दिएकी हुन् ।

मुर्मूको कार्यकालमा नेपाल–भारतबीचको सहकार्यले नयाँ उचाई प्राप्त गर्ने विचार राष्ट्रपति भण्डारीले व्यक्त गरेकी छन् ।

‘मित्रराष्ट्र गणतन्त्र भारतका पन्ध्रौँ राष्ट्रपति निर्वाचित हुनुभएकोमा महामहिम द्रौपदी मुर्मूज्यूलाई म हार्दिक बधाई तथा शुभकामना ज्ञापन गर्न चाहन्छु । यहाँको कार्यकालमा हाम्रा दुई देश बिचको सहकार्यले नयाँ उचाई प्राप्त गर्नेमा म पूर्ण विश्वास व्यक्त गर्दछु,’ राष्ट्रपति भण्डारीले ट्वीटरमा लेखेकी छन् ।

१८ जुनमा भएकाे राष्ट्रपति निर्वाचनमा मुर्मुलाई ४४ राजनीतिक दलहरूले समर्थन जनाएका थिए । ६४ वर्षीया मुर्मु पूर्वशिक्षिका हुन् । उनी वर्षौंदेखि भारतीय जनता पार्टी (भाजपा)मा आबद्ध छन् । उनी झारखण्डकी पूर्वराज्यपालसमेत हुन् ।













0 प्रतिकृया