Follow us:


Follow us

२६ भदौ २०८३, शुक्रवार
२६ भदौ २०८३, शुक्रवार


मौद्रिक नीति सार्वजनिक हुनै लाग्दा सेयर बजारमा दबाब

एक्सन खबर
साउन, ६, २०७९


मौद्रिक नीति सार्वजनिक हुनै लाग्दा सेयर बजारमा दबाब

काठमाडौं, ६ साउन । सेयर बजारमा शुक्रबार नेप्से सूचक २७.२६ अंकले घटेको छ । शुक्रबार २ घन्टा खुलेको बजारमा नेप्से सूचक २७.२६ अंकले घटेर २०१७.४६ विन्दुमा अडिएको छ ।

१ अर्ब ४४ करोड रुपैयाँभन्दा बढीको सेयर कारोबार भएको छ । मौद्रिक नीति कसिलो आउने तथा सेयर बजारका समस्या समाधान हुने हो वा होइन भन्ने आशंका जारी रहँदा बजारले नकारात्मक प्रतिक्रिया दिएको हो ।

मौद्रिक नीतिमा ४–१२ को समस्या सम्बोधन गरियो अनि जोखिमभार घटाउने निर्णय भएमा भने त्यसले सेयर बजारमा सकारात्मक प्रभाव पर्न सक्नेछ । समग्रमा मौद्रिक नीतिबाट सेयर बजारका समस्या समाधान हुन्छ भनेर लगानीकर्ता विश्वस्त नहुँदा बजार प्रभावित भएको कतिपयको बुझाई रहेको र सोही कारण यस दिन बजारले नकारात्मक प्रतिक्रिया दिएको हो ।
 
बजार प्रभावित हुनुमा यसअघि नेप्से लगातार ८ दिनसम्म बढेको थियो । यसरी बढेको बजारबाट ट्रृेडरहरुले नाफा बुक गरेका हुन् । जसको प्रभावसमेत अहिले देखिएको हो ।  शक्रबार अपरान्ह ४ बजे केन्द्रीय बैंकले आर्थिक वर्ष २०७९/८० को मौद्रिक नीति सार्वजनिक गर्दै छ ।













0 प्रतिकृया