Follow us:


Follow us

२५ भदौ २०८३, बिहिवार
२५ भदौ २०८३, बिहिवार


प्रेस युनियनको निर्वाचनमा अध्यक्षको उम्मेदवारले ३० हजार दस्तुर बुझाउनुपर्ने

एक्सन खबर
साउन, ६, २०७९


प्रेस युनियनको निर्वाचनमा अध्यक्षको उम्मेदवारले ३० हजार दस्तुर बुझाउनुपर्ने

हेटौंडा, ६ साउन । नेपाल प्रेस युनियनको नवौँ महाधिवेशन सुरु भएको छ । हेटौँडामा अहिले उद्घाटनसत्र चलिरहेको छ । नेपाली कांग्रेसका सभापतिसमेत रहेका प्रधानमन्त्री शेरबहादुर देउवा, कांग्रेस महामन्त्री गगन थापासहित शीर्ष नेता उद्घाटनसत्रमा सहभागी छन् ।

प्रेस युनियन निर्वाचन समितिका अनुसार अध्यक्षको उम्मेदवारले ३० हजार दस्तुर बुझाउनुपर्नेछ । वरिष्ठ उपाध्यक्षले २५ हजार, उपाध्यक्षले २० हजार, महासचिवले २५ हजार, उपमहासचिवले २० हजार, सचिवले २० हजार, कोषाध्यक्षले २० हजार दस्तुर वुझाउनु पर्ने भनिएकाे छ ।

केन्द्रीय सदस्यले १५ हजार, केन्द्रीय लेखा समिति संयोजकले २० हजार र केन्द्रीय लेखा समिति सदस्य उम्मेदवारले मनोनयन दस्तुर बुझाउनुपर्ने निर्वाचन समिति संयोजक एगराज पोखरेलले जानकारी दिए ।

उम्मेदवारी दर्ताकाे शुल्क अत्याधिक भएकाे भन्दै महाधिवेशन स्थलमा विराेध भइरहेकाे छ । श्रमजिवीहरूकाे संगठनकाे शुल्क पुँजीपतिकाे भन्दा बढी रहेकाे भन्दै केही युनियनका सदस्यहरूले नाराबाजी समेत गरिरहेका छन् ।














0 प्रतिकृया