कांग्रेस संस्थापन पक्ष र संस्थापन ईत्तर पक्षकाे प्रतिष्पर्धा
एक्सन खबर
प्रेस युनियनको ९ औं राष्ट्रिय महाधिवेशनमा संस्थापन पक्ष र संस्थापन ईत्तर पक्षबिच कडा प्रतिष्पर्धा हुने भएको छ । महाधिवेशनमा दुवै पक्षले प्यानल नै खडा गरेर मैदानमा उत्रे पछि कडा प्रतिष्पर्धा हुन लागेको हो ।
झन्डै ८ बर्ष पछि हुन लागेको महाधिवेशनमा भाग लिनका लागि प्रतिनिधिहरु हेटौडा आईपुगेका छन । १ हजार ६ सय ३० प्रतिनिधिले आगामी तीन बर्षका लागि नयाँ नेतृत्व चयन गर्नेछन् । नेपाली कांग्रेसको शुभेच्छक संस्था प्रेस युनियनको भावी नेतृत्वका लागि संस्थापन पक्षबाट सभापतिमा अनिता बिन्दु र संस्थापन ईत्तर पक्षबाट शिव लम्सालले दावेदारी प्रस्तुत गरेका छन् ।
महाधिवेशनमा संस्थापन पक्षबाट बरिष्ठ उपाध्यक्षमा सरोज अधिकारी र र संस्थापन इत्तर समुहबाट प्रेम केसीले उम्मेदवारी घोषणा गरेका छन् भने खुल्ला उपाध्यक्षका लागि भिष्मराज ओझा र शेखर रेग्मी छन् ।
उता, संस्थापन पक्षबाट महिला उपाध्यक्षमा कल्पना शर्मा र ईत्तर समुहबाट सलोजा दाहाल बिच कडा प्रतिष्पर्धा हुने देखिएको छ । महासचिवमा संस्थापन पक्षबाट जगन्नाथ दुलाल र इत्तर समुहवाट दिलिप पौडेल बिच प्रतिस्पर्धा हुने युनियन आवद्ध पत्रकारले जनाएका छन् ।
संस्थापन पक्षका उपमहासचिवका उम्मेदवार केशव साउँद र इत्तर समुहबाट बिष्णु क्षेत्री रहेका छन् भने संस्थापन पक्षले कोषाध्यक्षमा माधव धिताललाइ उम्मेदवार खडा गरेको छ भने उनीसँग रमेश वाग्ले प्रतिष्पर्धामा छन् ।
केन्द्रिय उपाध्यक्ष सुदुरपश्चिमका लागि हरिश भट्टलगायत छन् भने महिला उपमहासचिवमा कुसुम बिक, दिलिपाश्री अधिकारीले उम्मेदवारी घोषणा गरेका छन् । यसैगरी, खुल्ला सचिवका लागि खगेन्द्र भण्डारी, तीर्थराज बस्नेत, लोकेन्द्र भट्ट, पदम अधिकारीलगायत छन् । महिला सचिवमा मेनुका भट्टलगायतले उम्मेदवारी घोषणा गरेर प्रतिनिधिसँग मत मागिरहेका छन् ।
लेखा समिति संयोजकमा पदमराज जोशीलगायतले उम्मेदवारी घोषणा गरेका छन् भने केन्द्रिय सदस्यमा कृष्ण पहाडी, सरिता खनाललगायत दर्जनौले उम्मेदवारी घोषणा गरेर हेटौडा आईपुगेका छन् । निर्वाचन भाेली हुने कार्यतालिका छ ।
0 प्रतिकृया