Follow us:


Follow us

११ असार २०८३, बिहिवार
११ असार २०८३, बिहिवार


एउटा बैंकबाट सेयर कर्जामा १२ करोडसम्म, बढ्याे राष्ट्र बैंकलाई तिर्ने व्याज

एक्सन खबर
साउन, ६, २०७९


एउटा बैंकबाट सेयर कर्जामा १२ करोडसम्म, बढ्याे राष्ट्र बैंकलाई तिर्ने व्याज

काठमाडौं, ६ साउन । नेपाल राष्ट्र बैंकले आर्थिक वर्ष २०७९/८० को मौद्रिक नीति सार्वजनिक गरेको छ । शुक्रबार गभर्नर महाप्रसाद अधिकारीले सार्वजनिक मौद्रिक नीतिमा अब एउटै बैंकबाट सेयर कर्जा १२ करोड रुपैयाँसम्म लिन पाउने व्यवस्था गरेको छ ।

एक व्यक्ति वा संस्थाले एक वित्तीय संस्थाबाट १२ करोडसम्म सेयर कर्जा लिनसक्ने व्यवस्था गरेको हो ।

यस्तै,  बैंक तथा वित्तीय संस्थाले नेपाल राष्ट्र बैंकलाई बुझाउनुपर्ने ब्याज दर बढाइएको छ । सार्वजनिक मौद्रिक नीतिले गरेको व्यवस्थाअनुसार राष्ट्र बैंकले ७ प्रतिशत रहेको ब्याज दरलाई बढाएर ८.५ प्रतिशत पुर्याएको छ ।  
 













0 प्रतिकृया