Follow us:


Follow us

२५ भदौ २०८३, बिहिवार
२५ भदौ २०८३, बिहिवार


देशभर ५७७ कोरोना संक्रमित थपिए, दुई जनाको मृत्यु

एक्सन खबर
साउन, १३, २०७९


देशभर ५७७ कोरोना संक्रमित थपिए, दुई जनाको मृत्यु

काठमाडौं, १३ साउन । नेपालमा पछिल्लो २४ घण्टामा दुई कोरोना संक्रमितको ज्यान गएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार चार हजार २८२ स्वाब परीक्षण गर्दा ५७७ जनामा कोरोना पुष्टि भएको हो ।

आज दुई हजार ४७४ जनाको पीसीआर परीक्षण गर्दा ३९१ जनामा र एक हजार ८०८ जनाको एन्टिजन परीक्षण गर्दा १८६ जनामा कोरोना देखिएको हो ।

 यस्तै संक्रमणबाट थप दुई जनाले ज्यान गुमाएका छन् । योसँगै कोरोनाबाट मृत्यु हुनेको संख्या ११ हजार ९६४ पुगेको छ । शुक्रबार कोरोनाबाट २६९ जना निको भएका छन् । यससँगै सक्रिय संक्रमितको संख्या चार हजार ३५६ पुगेको छ ।













0 प्रतिकृया