Follow us:


Follow us

२५ भदौ २०८३, बिहिवार
२५ भदौ २०८३, बिहिवार


मङ्सिर ४ गते हुने चुनावका लागि १० दिनभित्र दल दर्ता गर्न आह्वान

एक्सन खबर
साउन, २०, २०७९


मङ्सिर ४ गते हुने चुनावका लागि १० दिनभित्र दल दर्ता गर्न आह्वान

काठमाडौं, २० साउन । निर्वाचन आयोगले प्रतिनिधि सभा र प्रदेश सभा चुनावका लागि दल दर्ताको आह्वान गरेको छ । आयोगको शुक्रबार बसेको बैठकले आउँदो आइतबारदेखि दल दर्ता आह्वान गरेको हो ।

निर्वाचन आयोगमा अहिलेसम्म एक सय १६ वटा राजनीतिक दल दर्ता भएका छन् । आयोगमा दर्ता भएका दलहरूले पनि चुनावको प्रयोजनका लागि पुनः दर्ता गर्नुपर्ने व्यवस्था रहेको आयोगले जनाएको छ ।

सरकारले आउँदो मङ्सिर ४ गतेका लागि प्रतिनिधि सभा र प्रदेश सभा चुनावको मिति तोकेको छ । १० दिनको समय दिएर दल दर्ता आह्वान गर्ने निर्णय भएकाे छ ।














0 प्रतिकृया