एकाबिहानै नुवाकोटमा ५ दशमलब ३ म्याग्निच्युडको भूकम्प
एक्सन खबर
२१ साउन, काठमाडौं । नुवाकोटमा भूकम्प गएको छ । शनिबार बिहान ५ः२६ मा नुवाकोटको बेलकोटगढी केन्द्रविन्दु बनाएर ५.३ म्याग्निच्युडको भूकम्प गएको राष्ट्रिय भूकम्प मापन केन्द्रले जनाएको छ ।
भूकम्पको धक्का काठमाडौंलगायतका स्थानमा महसुस गरिएको थियो । भूकम्पकाे धक्का महशुष गरेपछि सुतिरहेका सर्वसाधारण घरबाहिर निस्किएका थिए ।
यसअघि साउन १५ गते बिहान ८ : १३ बजे खाेटाङकाे साकेला गाउँपालिका-५ मात्तिम बिर्ता केन्द्रविन्दु बनाएर ६ म्याग्निच्यूडको भूकम्प जाँदा खाेटाङमा केही घरहरूमा क्षति पुगेकाे थियाे ।
0 प्रतिकृया