Follow us:


Follow us

११ असार २०८३, बिहिवार
११ असार २०८३, बिहिवार


एभरेष्ट बैंकको ऋणपत्रमा आवेदन दिने आज अन्तिम दिन

एक्सन खबर
भदौ, १, २०७९


एभरेष्ट बैंकको ऋणपत्रमा आवेदन दिने आज अन्तिम दिन

काठमाडौं, १ भदौ । एभरेष्ट बैंकको ऋणपत्र भर्ने भदौ १ गते अन्तिम दिन हो । आज कार्यालय समयसम्म मात्र यसमा आवेदन दिन सकिनेछ । बैंकले साउन १८ गतेबाट २० लाख युनिट (इकाई) ऋणपत्र बिक्री खुला गरेको हो । यसमध्ये १२ लाख युनिट ऋणपत्र व्यक्तिगत तवरबाट तथा बाँकी ८ लाख युनिट सर्वसाधारणका लागि खुला गरिएको हो ।  

यसबाट सामूहिक लगानी कोषलाई ५% छुट्याएको छ । सामूहिक लागानी कोषहरुले कुल ४० हजार इकाई पाउनेछन् । सर्वसाधारणले बाँकी ७ लाख ६० हजार युनिटका लागि आवेदन दिन सक्नेछन् । यस ऋणपत्रमा वार्षिक १०.५०% ब्याजदर पाइनेछ । बैंकले प्रतिइकाई १ हजार रुपैयाँ दरमा २ अर्ब रुपैयाँ बराबरको ऋणपत्र बिक्रीमा ल्याएको हो ।  

यसमा न्यूनतम २५ इकाईदेखि अधिकतम १ लाख इकाईसम्म आवेदन दिन सकिनेछ । बैंकले ६ वर्ष अवधिको एभरेष्ट बैंक डिबेन्चर २०८५’ नाममा ऋणपत्र जारी गरेको हो । यसमा बिक्री प्रबन्धकको काम लक्ष्मी क्यपिटलले गरेको छ । यसमा सी–आस्वामा सहभागी बैंक तथा वित्तीय संस्था र तिनको शाखा कार्यालयबाट आवेदन दिन सकिनेछ ।













0 प्रतिकृया