सत्ता गठबन्धनको कार्यदल बैठक बस्दै, एमालेकाे पाेलिट व्यूराे पनि आजै
एक्सन खबर
काठमाडौं, ९ भदौ । आगामी प्रदेश र प्रतिनिधि सभा निर्वाचनको सिट बाँडफाँटको लागि सत्तारुढ गठबन्धनले गठन गरेको कार्यदलको बैठक आज प्रधानमन्त्री निवास बालुवाटारमा बस्दै छ । भने, प्रमुख प्रतिपक्षी दल नेपाल एमालेकाे पाेलिट व्यूराे बैठक पनि बस्दैछ ।
कार्यदलकाे बैठक विहान ९ बजेबाट सुरु हुने कार्यदलका सदस्य मिहलाल पूरीले जानकारी दिएका छन् । कार्यदलका संयोजक तथा नेपाली कांग्रेसका नेता कृष्ण प्रसाद सिटौला भने बैठकमा अनुपस्थित रहनेछन् । कोरोना भाइरसको संक्रमण भएका कारण उनी बैठकमा अनुपस्थित हुने भएका हुन् ।
कार्यदलको बैठक बालुवाटारमा पटक पटक बस्दै आएपनि सत्तारुढ दलहरुबीच सिट बाँडफाँटमा कुरा मिल्न सकेको छैन ।
एमाले पोलिट्ब्युरो बैठक आज बस्दै
यस्तै, प्रमुख प्रतिपक्षी दल नेकपा एमालेको पोलिट्ब्युरो बैठक आज बस्दै छ । बैठक ललितपुरको च्यासलस्थित पार्टी केन्द्रीय कार्यालय विहान ११ बजेबाट सुरु हुने जनाइएको छ ।
बैठकमा अध्यक्ष केपी शर्मा ओलीले शुक्रबारदेखि सुरु हुने केन्द्रीय कमिटिको पाँचौ बैठकमा प्रस्तुत गर्ने राजनीतिक प्रतिवेदन बारे जानकारी दिनेछन् ।
0 प्रतिकृया