दोस्रो दिन निलम्बित प्रधानन्यायाधिशको बयान जारी
एक्सन खबर
काठमाडौं, १६ भदौ । निलम्बित प्रधानन्यायाधीश चोलेन्द्र शमशेर जबराको दोस्रो दिनको बयान जारी छ । सिंहदरवारमा महाभियोग सिफारिस समिति बैठकमा उनको बयान सुरु भएको हो ।
बुधबारबाट सुरु गरिएको उनको बयान बिहीबार पनि जारी रहेको हो । समितिले तयार पारेको ४३ वटा प्रश्नमध्ये बुधबार ४ वटा प्रश्न सोधिएको थियो । बुधबारको बयानमा उनले महाभियोग प्रस्ताव नै निस्क्रिय भइसकेको र न्यायाधीश, बार पदाधिकारी र राजनीतिक दलका नेतामाथि गम्भीर आरोप लगाएका थिए ।
गत १ फागुनमा सत्तारुढ दलका सांसदहरुले जबराविरुद्ध महाभियोगको प्रस्ताव प्रतिनिधिसभामा दर्ता गरेका थिए । प्रतिनिधिसभाले गठन गरेको महाभियोग सिफारिस समितिले उनको बयान लिन थालेको हो ।
0 प्रतिकृया