टुँडिखेलमा आयोजित गौरा पर्व कार्यक्रममा केएमसी र पिपुल्सको निःशुल्क स्वास्थ्य शिविर
एक्सन खबर
काठमाडौं, १८ भदौ । गौरा पर्वको अवसरमा काठमाडौंको टुंडिखेलमा आयोजित शुभकामना आदान प्रदान कार्यक्रममा काठमाडौं मेडिकल कलेज र पिपुल्स डेण्टल कलेजले निःशुल्क स्वास्थ्य शिविर आयोजना गरेका छन् ।
केएमसी र पिपुल्सले संयुक्त रूपमा गौरा पर्वको अवसरमा आयोजित कार्यक्रममा गरेको निःशुल्क स्वास्थ्य शिविरमा सयौंको संख्यामा उपस्थित भएका सहभागीहरुको निःशुल्क स्वास्थ्य परीक्षण गरेका हुन् ।
केएमसीका जनरल मेनेजर नारायण दाहालका अनुसार उक्त कार्यक्रममा केएमसीले १२ जनाको स्थास्थ्य टोली पठाएको थियो । केएमसीसँगै स्वास्थ्य टोलीमा पिपुल्स डेण्टल कलेजका स्वास्थ्यकर्मीहरु पनि रहेका छन् ।
निःशुल्क स्वास्थ्य परीक्षणमा नाक कान घाँटी, आँखा, स्त्री रोग तथा जनरल मेडिसिनका दक्ष चिकित्सकहरुबाट स्वास्थ्य परीक्षण गरिएको थियो । केएमसीका कार्यकारी अध्यक्ष डा. सुनिल शर्माले आम जनतालाई स्वास्थ्य सेवामा पहुँच पुर्याउने उद्देश्यले निःशुल्क स्वास्थ्य शिविर आयोजना गरिएको बताए ।
गाउँगाउँमा रहेका जनतालाई केएमसीको स्वास्थ्य सेवा पुर्याउने अभिप्रायले स्वास्थ्य शिविरहरु चलाईदै आएको छ ।
0 प्रतिकृया