हतार गरेर समस्याहरुको समाधानबाट अन्यत्र मोडिन तयार छैनौं : बालेन
एक्सन खबर
काठमाडौं, १९ भदौ । काठमाडौं महानगरपालिकाका मेयर बालेन्द्र शाहले आफूहरु १ सय दिनको दौडमा नरहेको बताएका छन् । उनले आफूहरुसँग ५ वर्षका लागि योजना रहेको बताएका छन् ।
काठमाडौं महानगरपालिकाको मेयरको रुपमा १०० दिनको कामको विवरण सार्वजनिक गर्दै आइतबार मेयर शाहले अझै केही समय गाली र आलोचनामात्रै सहन तयार रहेको भन्दै हतार गरेर महानगरका समस्याहरुको दिगो समाधान र व्यवस्थापनको बाटोबाट अन्यत्र मोडिन तयार नरहेको बताएका छन् ।
'हामी १०० दिनको दौडमा छैनौँ, हामीसँग ५ बर्षका लागि योजना छन् । हामी अझै केहि समय गाली र आलोचनामात्रै सहन तयार छौँ तर हतार गरेर महानगरका समस्याहरुको दिगो समाधान र व्यवस्थापनको बाटोबाट अन्यत्र मोडिन तयार छैनौँ । विश्वास छ, हामीप्रति रहेको विश्वास र समर्थनलाई हामी निराश बनाउने छैनौँ' उनले भनेका छन् ।
मेयर बालेनले महानगर सुधारका लागि सकारात्मक काम गरेकाे भन्दै चाैतर्फी प्रशंसा भइरहेकाे छ । अवैध पार्किङ, फुटफाटका व्यवसाय हटाएकाेमा छिटफुट विराेध भएतापनि समग्र महानगरबासी बालेनकाे काम बाट सन्तुष्ठ देखिएका छन् ।
यी हुन् बालेनले १ सय दिनमा गरेका राम्रा १० काम
१) महानगर कार्यपालिकाको बैठक लाइभ गरेर पारदर्शिता
२) शिक्षालाई प्राथमिकता, बजेट तीन गुणा बृद्धि
३) 'उपभोक्ता अधिकार' फुड इन्स्पेक्टरकाे व्यवस्था
४) महानगरका शौचालय व्यवस्थापन
५) महानगरका प्रत्येक वडा कार्यालयमा डाक्टर
६) इन्द्रजात्रामा छिमेकी देशका नेतृत्वलाई बोलाउने नीति
७) राजधानीबासीले झेलिरहेकाे फोहोरको समस्यामा दिर्घकालिन समाधानकाे बाटाे
८) सडक फराकिलो र पार्किङ समस्या समाधान, अबैध पार्किङ बन्द
९) पूर्वाधार एम्बुलेन्स सञ्चालन
१०) महानगरका डिजिटल डिस्प्ले बाेर्ड विस्थापन
0 प्रतिकृया