Follow us:


Follow us

२६ भदौ २०८३, शुक्रवार
२६ भदौ २०८३, शुक्रवार


पल शाहलाई अढाई वर्ष जेल सजाय, पिडितलाई १० लाख क्षतिपूर्ति

एक्सन खबर
भदौ, २१, २०७९


पल शाहलाई अढाई वर्ष जेल सजाय, पिडितलाई १० लाख क्षतिपूर्ति

काठमाडौं, २१ भदौ । नवलपुर जिल्ला अदालतले बाल यौनदुरुपयोग आरोपित पल शाहलाई अढाई वर्ष जेल सजाय तोकेको छ । न्यायाधीश यज्ञप्रसाद आचार्यको इजलासले मंगलबार शाहलाई अढाई वर्ष जेल सजाय र १० लाख क्षतिपूर्ति दिनुपर्ने फैसला गरेका हुन् ।

अदालतले २५ हजार जरिवाना र १० लाख क्षतिपूर्तिको सजाय सुनाएको हो । एक नाबालिग गायिकाले बलात्कार सम्बन्धी उजुरी गरेपछि शाह मुद्दामा पुर्पक्षका लागि थुनामा रहेका छन् । शाहविरुद्ध नवलपुर र तनहुँमा गरी दुई ठाउँमा उजुरी परेको थियो ।

नवलपुरले शाहलाई बलात्कारको मुद्दामा भने सफाइ दिएको छ । पीडितका बाबुले जाहेरीमा उल्लेख गरे अनुसार, सुटिङका क्रममा कलाकार शाह सहित पीडित र अरु व्यक्तिहरु ७ चैत २०७७ मा गैडाकोट रिसोर्टमा थिए ।

पछि पीडित गायिकाले अभिव्यक्ति बदल्दै आफूमाथि बलात्कार नभएको भनी जिल्ला अदालतमा बयान गरेकी थिइन । उनीमाथि १२ देखि १४ वर्ष कैद सजायको माग थियो ।















0 प्रतिकृया